बैंकर्स संघको नयाँ कार्यसमितिले पदभार ग्रहण गर्यो |
काठमाडौं । पोखरामा शनिबार आयोजना भएको बैंकर्स संघको सभाले नव निर्वा्चित अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दहालले संघका पदभार ग्रहण गरेको छन ।
एक महिना पहिला संघको नयाँ कार्यसमिति सर्वसम्मतले चयन भएको थियो । निवर्तमान संघका अध्यक्ष तथा नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्गानाले नयाँ कार्यसमितिलाई पदभार ग्रहण गराएका थिए ।
संघमा उपाध्यक्षमा नेपाल एसबीआइ बैंकका प्रमुख कार्यकारी अधिकृत अनुकुल भटनागर सदस्यमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा चयन भएका थिए ।
त्यस्तै, सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल, एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी, मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी रहेका छन ।