कुमारी जब प्रालिको छैटौँ वार्षिक उत्सव सम्पन्न | अत्याधुनिक जब वेवसाईट र मोवाईल एपको शुभारम्भ

काठमाडौं । मानव संसाधन व्यवस्थापन (रोजगारी, विकास र प्रर्वद्धन) मा विगत ६ वर्षदेखि निरन्तर काम गर्दै आएको कुमारी जब प्रालिले यही पौष १६ गते आफ्नो छैठौं वार्षिकउत्सव एक भव्य समारोहका विच सम्पन्न गरेको छ । वार्षिकउत्सवको अवशरमा कम्पनीले www.kumarijob.com नामक वेवसाईटको स्तर बृद्धि गरी अत्याधुनिक बनाउँदै नयाँ मोवाईल एपको समेत शुभारम्भ गरेको छ ।

कुमारी जव प्रालिका व्यवस्थापकीय प्रमुख सन्देश भण्डारी
सो वेवसाईट तथा एपको विशेषता, रोजगारदाता तथा रोजगार खोजिरहेकाहरुलाई सहज होस् भन्ने रहेको छ । नेपालभर मानव संसाधन व्यवस्थापनमा विभिन्न संस्थामा आवद्ध रहि काम गर्दै आएका व्यवस्थापक र अन्य संघ संस्थामा आवद्ध व्यातिmको ठूलो उपस्थितिका विच कुमारी जबले आफ्नो छैटौँ वाषिक उत्सव मनाएको हो ।

पुरस्कृत हुदै उत्कृष्ट कर्मचारी
कार्यक्रममा कुमारी जब प्रालिका विभागीय प्रमुख अमृत तिमिल्सिनाले स्वागत मन्तव्य राखेका थिए । कुमारी जब प्रालिमा कार्यरत कर्मचारीहरुले नेपाली मौलिकता झल्कने नृत्य प्रस्तुत गर्नुका साथै विभिन्न मनोरन्जनात्मक कार्यक्रमहरु पनि प्रस्तुत गरेका थिए । त्यसैगरी सोही कार्यक्रममा कम्पनीले कर्मचारीहरुलाई विभिन्न विधामा पुरस्कृत गरिनुका साथै उत्कृष्ट कर्मचारीका रुपमा सृजना तिमिल्सिनालाई पुरस्कृत गरेको थियो । साथै सेवाग्राहीहरुलाई समेत मायाको चिनो प्रधान गरिएको थियो ।

छैठौ वार्षिक उत्सव केक
कार्यक्रमको अन्त्यमा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै कुमारी जब प्रालिका व्यवस्थापकीय प्रमुख सन्देश भण्डारीले कम्पनीले नव संसाधनका क्षेत्रमा एउटा बलियो खम्बा बनिसकेको र आगामी दिनमा यसले थप सेवा प्रदान गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । त्यसैगरी कुमारी जब प्रालि मानव संसाधन व्यवस्थापनका सम्पुर्ण पक्षसँग जोडिई सकेको र यो क्षेत्रमा आफुले निरन्तर योगदान गर्न पाएकोमा खुसी व्यतm गर्दै आगामी दिनमा थप उर्जाका साथ यो क्षेत्रलाई सफल र सेवामुखी बनाउन निरन्तर लागि रहने बताए ।