एनसेल मेलामा झुम्यो बुटवल, चर्चित कलाकारहरुको प्रस्तुती |
बुटवल । एनसेलले शनिबार बुटवलमा आयोजना गरेको ‘एनसेल मेला २०७६’ मा आगन्तुक तथा दर्शकहरुले भरपुर मजा लिएका छन् । दर्शकले चर्चित कलाकारहरुको प्रस्तुतीसँगसँगै गाउदै नाच्दै रमाईलो गरेका थिए त्यसैगरी बालबालिकाहरुले विविध खेल र गतिविधीहरुबाट मनोरञ्जन लिइका थिए ।
यो मेला एनसेलले आफ्नो ब्राण्डको सार ‘आज, भोलि ,सधै सँगै’ को अनुरुप नेपाल भ्रमण वर्ष २०२० लाई सघाउ पुर्याउँदै आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यका साथ सिद्धेश्वरी स्कूल मैदान, दीपनगरमा आयोजना गरेको थियो । विविध मनोरञ्जनात्मक कार्यक्रम तथा गतिविधिहरुले भरिपूर्ण मेला निर्धा्रित समय भन्दा केही ढिला १२ बजे शुरु भइ गीतसंगीतसहित दिउँसो ३ बजेसम्म चलेको थियो ।
मेलामा आन्तरिक पर्यटन प्रवर्द्धन गर्न यस क्षेत्रका पर्यटन गन्तव्य र आकर्षणहरुको बारेमा प्रवर्द्धन गरिएको थियो भने गायकहरु दिपक बज्राचार्य र रिदम ब्याण्ड, आषिश राना (लाउरे), कालिप्रसाद बास्कोटा, मेलिना राई, टीका प्रसाईले आफ्नो प्रस्तुतीहरु राख्दै दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए । मेलामा कलाकार रेमन दास श्रेष्ठ र साहना बज्राचार्यका ेउद्घोषणले दर्शकहरुलाई थप मनोरञ्जन प्रदान थियो ।
मेलामा गेम स्टलहरु, विभिन्न थिम गेमहरु र ओकुलस भर्चअलजोन जस्ता विषेश आकर्षणहरु रहेका थिए । बालबालिकाका लागि किड्स जोनमा पेन्टिङ्ग, प्लेडो, लेगो, प्रि गो होभर बोर्ड, मिनी गो कार्ट, पोगो स्टिक,इन्फ्लेटेड क्यासल, डक फिसिङ्ग र एङ्ग्री बर्डलगायतका विभिन्न रमाईला गेभहरुबाट मजा लिएका थिए ।
थुप्रै खेल तथा गतिविधीहरु जस्तै पेनाल्टी किक, ब्यालेन्स द ह्याङ्गर, नि ट्रेम्बलर, स्नुकर प्रोमा युवाहरुभरपुर मनोरञ्जन लिईरहेका थिए । मेलामा दर्शक तथाआगन्तुकहरुले एनसेलको फोरजी र अरु प्रोडक्टहरुका थिम गेमहरुको मजा लिदै आकर्षक पुरस्कारहरु जित्न सफल भएका थिए भने र कम्पनीले प्रदान गर्दै आएको सेवा तथा सुविधाहरुका बारेमा पनि जानकारी लिनुका साथै फोरजी सिम लिन लगायत आफ्नो पुरानो सिम फोरजीमा अपग्रेड गर्न पाएका थिए ।