आनीको कार्यक्रममा चीन, रुस र हङकङका ६ सय जना भन्दा बढी नेपालमा |
काठमाडौं । गायिका आनी छोइङ डोल्माले काठमाडौंमा शुक्रबार सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेकी छिन् । अन्तरराष्ट्रिय समुदायका ब्यक्तिहरुलाई लक्षित गर्दै आनीले काठमाडौंको हायात होटलमा आफ्नो प्रस्तुती दिइन् ।
उनको कार्यक्रम हेर्न चीन,रुस र हङकङका छ सय जनाभन्दा बढी उपस्थित थिए । उनीहरु आ–आफ्नो देशमा टिकट काटेर हवाइ भाडासमेत आफैँ तिरेर आनीको कार्यक्रममा सहभागी भएका हुन् ।
’गुरु ब्लेसिङ’ नाम दिएको कार्यक्रममा आनीले नेपाली र चाइनीज भाषाको गीत सुनाइन् । उनले नेपाल भ्रमण वर्ष २०२० शुरू हुन लागेको बताउँदै स–परिवार नेपाल भ्रमणमा आउन सहभागीलाई आग्रह गरेकी छन् ।