सानिमा बैंक लिमिटेड र ब्लु क्रस अस्पताल लिमिटेड बीच सम्झौता |
काठमाडौं । सानिमा बैंक लिमिटेड र ब्लु क्रस अस्पताल लिमिटेड बीच स्वास्थ्य उपचार सुविधा सम्बन्धी सम्झौता भएको छ । यस सम्झौता पत्रमा सानिमा बैंक लिमिटेडको तर्फबाट डिजिटल बैंकिङ प्रमुख विक्रम श्रेष्ठ र ब्लु क्रस अस्पताल लिमिटेडको तर्फबाट कार्यकारी व्यवस्थापन समितिका सदस्य सचिव रजत श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
यस सम्झौता अन्तर्गत सानिमा बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोगकर्ताले ब्लु क्रस अस्पताल लिमिटेड साझेदार रहेका नेपालका विभिन्न अस्पतालहरुमा उपचारको क्रममा सहज रुपमा भुक्तानी गर्न सक्नेछन् । साथै प्रयोगकर्ताले सानिमा बैंकको कार्ड प्रयोग गरी विभिन्न उपचार खर्चहरुमा १० प्रतिशतसम्म छुट पाउँन सक्नेछन् ।
विभिन्न स्वास्थ्य उपचार सेवा दिँदै आइरहेको ब्लु क्रस अस्पताल लिमिटेड, काठमाडौँको त्रिपुरेश्वरमा अवस्थित छ ।