कतारमा ९ जना नेपालीले पाए आममाफी |

काठमाडौं । कतार सरकारले ९ जना नेपालीलाई आममाफी दिएको छ । बिभिन्न आरोपमा केन्द्रीय कारागारमा सजाय भोगिरहेका नौ जनालाई कतार सरकारले राष्ट्रिय दिवसको अवसरमा आममाफी दिने निर्णय गरेको हो ।
कतार सरकारको आममाफी निर्णयसँगै नौ जना नै रिहाइ भइसकेको दोहास्थित नेपाली दूतावासको कार्यालयले जानकारी दिएको छ ।
आममाफी पाउनेहरुलाई नेपाल फर्किन सहजताका लागि राखिएको डिपोर्टेशन सेन्टरमै दूतावासले अधिकृत कर्मचारी खटाएको थियो ।
९ जना मध्ये राहदानी नभएका चार जनालाई बुधबार नै यात्रा अनुमति पत्र जारी गरिएको दूतावासले जनाएको छ ।