४५० निशान किक्स नेपालका सडकहरुमा, कम्पनीले दियो यस्तो सुविधा |
काठमाडौं । नेपालका लागि निशान र ड्याटसनका गाडीहरुको आधिकारीक बिक्रेता पायोनियर मोटो कर्पले नेपालभरी ४५० भन्दा बढि निशान किक्स बिक्री भएको उपलक्षमा आफ्ना ग्राहकहरुलाई बिषेश लाभ सहितको योजना लिएर आएको छ ।
निशान किक्स नेपाली बजारमा भित्रीएको केहि महिनामै ग्राहकहरुको मन र बिश्वास जित्न सफल भएको छ। यस अवसरमा किक्सले सम्पूर्ण ग्राहकहरुलाई धन्यवाद सहित आकर्षक अफरहरु प्रस्तुत गरेको छ।
यो अफर मार्फत ग्राहकहरुले लगभग रु ४,५०,००० बराबरको लाभहरू पाउन सक्नेछन। यसै अन्तर्गत मुख्यत रु २,५०,००० सम्मको भारी नगद छुट, एक लाख रुपैंया बराबरको एक्सचेन्ज बोनस वा ब्रान्ड न्यू आइफोन ११ (१२८ जीबी) पाउनेछन्।
अन्य उपहार स्वरुप ग्राहकहरूले निःशुल्क बश्चको हाई प्रेसर वासर एक वर्षको सवारी बिमा र सडक करका साथै तीन वर्षसम्मको वारेन्टी सहित तीनै वर्षसम्म निःशुल्क गाडी सरभिसिंगको सुविधा पाउन सक्नेछन्।यस योजनाका केहि सर्तहरु भने लागुहुनेछन्।