काठमाडौंमा संयुक्त अपरेसन चलाउदा १२२ चिनिया नागरिक पक्राउ परेको चीनको भनाई |

काठमाडौं । चीनले शंकास्पद गतिविधिमा संलग्न भएको अभियोगमा सोमबार चिनियाँ नागरिकहरु पक्राउ गर्न संयुक्त अपरेसन चलाएको बताएको छ ।
चिनियाँ विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता गे सुवाङले नेपाल र चीन प्रहरीको संयुक्त अपरेसनमा उनीहरु पक्राउ परेको बताएका हुन् । उनले भने, मैले पाएको सूचनाअनुसार सीमापार साइबल अपराधमा संलग्न भएको आरोपमा उनीहरु पक्राउ परेका हुन् । यसबारे अनुसन्धान भइरहेको छ ।’
क्रसबोर्डर अपराध नियन्त्रणका लागि सहयोग आदान प्रदान जारी राख्ने समेत उनले बताएका छन् ।