क्रिसमसभन्दा पहिले गर्नुहोस् जरुरी यी काम |

यदि तपाईंले क्रिसमसको तयारी पहिलेदेखि नै गर्नुभएको छैन भने यो काम तपाईंका लागि केही मुश्किल हुन सक्छ । तर, चिन्ता नगर्नुहोस्, केही सामान्य उपाय अपनाएमा यस्ता काम सजिलै गर्न सकिन्छ । क्रिसमसभन्दा केही समयपहिले नै आवश्यक तयारी गरे यस्तो चिन्ताबाट मुक्त हुन सकिन्छ । यदि तपाईंले पहिलेदेखि नै तयारी गर्नुभएको छैन भने यहाँ दिइएका तरीकाको प्रयोग गर्न सक्नुहुन्छ । यसले तपाईंलाई ठूला चाडपर्वको व्यवस्थापन गर्न पनि सघाउ पुर्याउनेछ ː
सफाइ

क्रिसमसको तयारीका लागि तपाईंसँग एकदमै कम समयमात्र बाँकी भएकाले घरको मुख्य क्षेत्रको सफाइमा बढी ध्यान दिनुहोस् । घरमा जुन सामानको आवश्यकता छैन, त्यस्ता सामान घरबाट निकालिदिनुहोस् । त्यसपछि घरको सबै फोहोर सफा गर्नुहोस् ।
फ्रिज खाली गर्नुहोस्

फ्रिज धेरै सामान भरिएको छ भने तत्कालका लागि आवश्यक मात्र राख्नुहोस्, अरू सामान बाहिर निकाल्न सकिन्छ । यसले गर्दा क्रिसमसका लागि बनाइएका परिकार राख्न प्रशस्त ठाउँ मिल्नेछ ।
घर सजाउनुहोस्

घरबाट अनावश्यक वस्तुहरू बाहिर निकालिसकेपछि घर सजाउन शुरू गर्नुपर्छ । आफ्ना क्रिसमसका सामग्री तयारी अवस्थामा राख्नुपर्छ । घरका अलग–अलग ठाउँ सजाउन परिवारका अन्य सदस्यको पनि सहयोग लिनहोस् । यसबाट समयअगावै तपाईं राम्ररी घर सजावट गर्न सक्नुहुन्छ ।
ताजा खानेकुरा किन्नुहोस्

क्रिसमसको २∕३ दिनअगाडि ताजा फलफूल तथा तरकारी किन्नुपर्छ । क्रिसमसका बेला जुनकुनै समय पनि फलफूल तथा तरकारीको आवश्यकता पर्ने भएकाले यसलाई पहिले नै किनेर राख्नुपर्छ ।
क्रिसमसको सजावट

आफ्नो क्रिसमस ट्रीलाई परिवारका सदस्यहरू मिलेर सजाउनुपर्छ । यसले तपाईंको परिवारमा हाँसीखुशीको माहोल बन्छ । राम्ररी सजाइएको क्रिसमस ट्रीले परिवारका सदस्य र आगन्तुकहरू तनावमुक्त हुन सक्छन् ।
खानेकुराको मेनू बनाउनुहोस्

क्रिसमसको समयमा के–के खाने कुरा बनाउने भनेर त्यसको छलफल आजैबाट शुरू गर्नुहोस् । यदि तपाईं त्यस दिन विशेष परिकार बनाउँदै हुनुहुन्छ भने त्यसका लागि चाहिने सामानको व्यवस्था गर्नुहोस् । आफ्नो किचेनका लागि के–के सामान ल्याउने हो, तिनको लिष्ट तयार पारेर किन्न जानुहोस् ।