क्रिसमसपछि घरको सफाइ |

क्रिसमस या नयाँ वर्षको पार्टीपछि घरको सफाइ गर्न केही कठिन हुन्छ । यस्तो बेला दिमागमा धेरै कुराको द्विविधा भइरहेकको हुन्छ । जस्तै– क्रिसमस ट्रीमा लगाइएको सजावटका सामान पुनः प्रयोगमा ल्याउने या त्यसलाई फाल्ने । साथै, साना–साना भाँडाहरूलाई घरको कुना–कुनाबाट एकत्रित गर्नु पनि टाउको दुखाइ हुने गर्छ । यहाँ केही यस्ता तरीका दिइएको छ, जसले क्रिसमसपछि घरको सफाइ गर्न सहयोग पुर्याउनेछ ː

क्रिसमस ट्री
आफ्नो घर सफा गर्दा सबैभन्दा पहिले क्रिसमस ट्री सफा गर्नुहोस् । रूखबाट सजावटका सबै सामान निकाल्नुहोस् । यदि तपाईंले नक्कली रूखको प्रयोग गर्नुभएको थियो भने त्यसलाई पेपर वा कपडाले ढाकिदिनुहोस्, जसलाई आगामी वर्ष प्रयोगमा ल्याउन सकिन्छ ।
प्लेटको सफाइ

जब तपाईंले बेलुकाको डिनर लिइसक्नु हुन्छ, त्यही बेला नै सबै भाँडाको सरसफाइ गरिहाल्नुपर्छ । यसबाट किचेनमा फोहोर भाँडाको थुप्रो लाग्दैन ।
डस्टबिनको प्रयोग
यदि घरमा पार्टी भइरहेको छ भने घरको ठाउँ–ठाँउमा डष्टबिन राख्न भुल्नु हुँदैन । डष्टबिन नराख्दा पाहुनाले जहाँ पायो त्यहाँ, फोहोर फाल्न सक्छन् ।
कार्पेटको वाइनको दाग

दरीमाथि वाइन खस्यो भने त्यसलाई सफा गर्न मुश्किल हुन्छ । यदि वाइन पोखिएमा तुरुन्तै पेपरले पुछेर त्यसमा नून छर्किनुहोस् । यसो गर्दा कडा दाग बस्न पाउँदैन ।