रोयल इन्फिल्ड बाइकको ‘ट्रेजर हन्ट राइड’ सम्पन्न, प्रथम भए सतिश श्रेष्ठ |
काठमाडौँ । नेपालमा रोयल इन्फिल्ड मोटरसाइकलको आधिकारिक विक्रेता एमभी दुगड ग्रुप अन्र्तगतको विवेक अटोमोवाइलस् प्रालिले शनिबार रोयल इन्फिल्ड ‘ट्रेजर हन्ट राइड २१०९’ सम्पन्न गरेको छ । बालाजु स्थित रोयल इन्फिल्ड मोटरसाइकलको शोरुमबाट शुरु गरी हिमालयन मोटरल्याण्ड, धुलिखेलमा गई विभिन्न खेलसहित कार्यक्रमसम्पन्न गरेको भएको हो ।
कार्यक्रमको उद्घाटन भ्रमण वर्ष २०२० का सदस्य सचिव बच्चुनारायण श्रेष्ठले एक समारोहका बीच गरेका थिए ।
२५० रोयल इन्फिल्ड मोटरसाइकलमा सवार लगभग ३७५ राइडरहरुको नेतृत्व गर्दै रोड क्याप्टेन रमेश अवाले सल्लाधारीबाट हिमालयन मोटरल्याण्ड, धुलिखेल पुगेका थिए । कार्यक्रममा फिगर इट आउट, टग अफ वार, पुस योर सोल र स्लो रेस जस्ता भाइचारा अनि आपसि मेल बढाउने खेलहरु समावेस गरिएका थिए ।
कार्यक्रममा सुमित प्रजापती फिगर इट आउट खेलका बिजेता भए भने राजेश महर्जनले दोश्रो र सन्देश खडकाले तेश्रो स्थान हासिल गरे । सुप्रिम भण्डारी, कुशल खड्का, नकुल थापा, सुमेश लामा र कल्पन राई टग अफ वार खेलका विजेता भए ।
त्यस्तै सुनभ भण्डारीले पुस योर सोल खेलमा प्रथम स्थान, सुप्रिम भण्डारीले दोश्रो स्थान, र सुजल थापाले तेश्रो स्थान हात पार्न सफल भए । सन्देश खड्का स्लो रेसका बिजेता भए भने सनिस कर्मचार्य दोश्रो तथा भुपेन्द्र वैद्य तेश्रो भए ।
सतिश श्रेष्ठले २८ अंक ल्याउँदै ट्रेजर हन्ट राइड २०१९ को प्रथम स्थान हासिल गर्न सफल भए । राहुल रोयले २५ अंक ल्याउँदै दोश्रो स्थान र २४ अंक ल्याउँदै सुजल वैद्यले तेश्रो स्थान हासिल गर्न सफल भए ।
बिजेताहरुलाई धुलिखेल नगर पालिकाका मेयर अशोक ब्यन्जु श्रेष्ठ र रोयल इन्फिल्डका हेड अफ अपरेसन मेघराज पौडेले ट्रफी तथा मेडलले सम्मान गरे । भ्रमण वर्ष २०२० को प्रचार एवम् प्रवद्र्धन, सडक सुरक्षा, ट्राफिक नियमको पालना र जनचेतना तथा स्वस्थ्य जीवन शैलीको सन्देश प्रवाह गर्ने र्यालीको मुख्य उद्देश्य रहेको ब्राण्ड म्यानेजर अनुज मल्लले बताए ।