काठमाडौं संस्करणको आईसीटी स्टार्टअप एण्ड इन्नोभेसन मेला सम्पन्न | रोबोकपमा रोबोनट्स एण्ड कान्तिबिर विजेता

काठमाडौं । काठमाडौंको प्रेसिडेन्टियल विजनेश स्कुलमा शुक्रबारबाट आयोजित आईसीटी स्टार्टअप एण्ड इन्नोभेसन मेला शनिबार समापन गरिएको छ । मेलामा ५० भन्दा बढि स्टार्टअप कम्पनीहरुले विभिन्न नया प्रडक्टहरु प्रदर्शनमा राखेका थिए । कार्यक्रममा इमर्जिङ टेक्नोलोजिजका विभिन्न विषयमा वर्कशप र उद्यमशिलताको विषयमा कन्फ्रेन्स समेत आयोजना गरिएको थियो ।

रोबोटहरुको फुटवल प्रतिस्प्रधामा रोबोनट्स तथा कान्तिबिर समुह विजेता हुदै २० हजार नगदसहित सिल्ड प्राप्त गरेका छन । त्यसैगरी फाइनलमा एडभान्स रोबो क्लब पहिलो रनरअप भएको छ, जसलाई सात हजार रुपैयाँ पुरस्कार सहित प्रमाणपत्र र आकर्षक गिफ्ट प्रदान गरिएको छ । यसअघि विराटनगर, बुटवल र नारायणगढमा सम्पन्न भइसकेको मेला काठमाण्डौंमा विशेष सफल रहेको आयोजकले बताएको छ ।

विद्यार्थीेहरुका प्रोजेक्टहरुमध्ये एनसिआइटी कलेजका विद्यार्थीहरुले बनाएको स्मार्ट होम नामक प्रोजेक्टले बेस्ट स्टुडेन्ट प्रोजेक्ट अवार्ड जितेको थियो । विजेताहरुलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सह सचिव विरेन्द« मिश्र तथा प्रेसिडेन्टियल कलेजका अध्यक्ष लक्ष्मण केसीले पुरुस्कार प्रदान गरेका थिए ।
प्रदर्शनीमा विद्यार्थीहरुले बनाएको एग्रिकल्चर ड्रोनको विशेष आकर्षण थियो । शम्भु शिवाकोटी लगायतको समुहले तयार पारेको ड्रोनले खेतीको लागि पानी सिचाई गर्न सक्छ । यसैगरी नेपालीहरुले नै तयार पारेको रकेट, नास्टको नानो सेटेलाइटको विशेष प्रदर्शनी गरिएको थियो ।

लिभिङ विथ आईसीटीले आयोजना गरेको यस प्रविधि मेलामा स्टार्टअप कम्पनीका पछिल्ला उत्पादन, विद्यार्थीले बनाएका नयाँ प्रोजेक्ट प्रदर्शनी, रोबोटिक्स प्रतियोगिता, जब फेयर तथा काउन्सिलिङ, रकेट विज्ञान तथा अन्तरिक्ष प्रविधि, नेपालको पहिलो नानो स्याटेलाइट, ड्रोन रोबट तथा नेपाली इन्नोभेसन, ब्लकचेन तथा आइओटीका उत्पादनहरुको प्रदर्शनी रहेको थियो । मेलामा ५ हजार भन्दा बढिले अबलोकन गरेका छन् ।
दोश्रो दिन कार्यक्रममा स्टार्टअप तथा उद्यमशिलताको बारेमा विभिन्न प्यानल डिस्कसन तथा प्रस्तुतीहरु भएका थिए । अनुप न्यौपानेले कसरी बजारमा स्टार्टअप असफल भइरहेका छन भन्ने प्रस्तुती राखेका थिएभने फ्युजमेशिनले एआई शिक्षामा कसरी काम गरिरहेको छ भन्ने विषयमा जानकारी गराए । एप्पल कम्पनीमा काम गर्ने नेपाली श्रितिज लोहनीले युथ एण्ड इन्नोभेसनका विषयमा विशेष प्रस्तुती दिएका थिए ।

कार्यक्रमको पहिलो प्यानल डिस्कसन असफलताबाट सफलतातर्फ शिर्षकमा छलफल भएको थियो । दुरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक तथा वल्र्ड समिट अवार्डका नेपाल प्रतिनिधि आनन्दराज खनाल, किङ्स कलेजका निर्देशक नरोत्तम अर्याल, ज्योती विकास बैंकका सीईयो मनोज ज्ञवाली र सारथीका को फाउण्डर प्रकाश न्यौपानेले सफल स्टार्टअप बन्नको लागि विभिन्न क्षेत्रबाट हुने प्रयाससँगै निरन्तरता आवश्यक रहेको धारणा राखे । विजय तिमल्सिनाले सञ्चालन गरेको प्यानल डिस्कसनबाट धेरै स्टार्टअपहरु लाभान्वित भएका थिए ।
यसैगरी दोश्रो सेसनमा सरकारको समृद्ध नेपाल र सुखी नेपालको अभियानमा उद्यमशिलता विषयमा छलफल भएको थियो । सञ्चार मन्त्रालयका सह सचिव विरेन्द« मिश्र, राष्ट्रिय युवा परिषदका निर्देशक बाबुराम ढुंगाना, प्रेसिडेन्टियल कलेजका लक्ष्मण केसी, आईएमई पेका विकास नहटा र ब्रेनडिजिट आईटी सोलुसनका निश्चलमान प्रधानसँगै मोडेरेटर हेमपाल श्रेष्ठविच सरकारले उद्यमशिलताको प्रवद्धन गर्नुपर्ने कुराहरुमा छलफल भएको थियो ।

यस मेलाको शिर्ष प्रायोजन फ्युज मेसिन्सले गरेको छ । कार्यक्रममा नेपाल दुरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, ज्योती विकास बैंक, जिनस सोलुसन, ब्रोडवे इन्फोसिस, प्रभु पे, ब्रेनडिजिट लगायतका संघसस्थाहरुको सहकार्य तथा सहयोग रहेको थियो ।