रोयल इनफिल्ड क्लासिक–३५० सिसी ‘गनमेटल ग्रे’ नेपाली बजारमा |
काठमाडौं । रोयल इनफिल्डको ‘क्लासीक ३५० सिसी गनमेटल ग्रे’ नेपाली बजारमा भित्रिएको छ । रोयल इनफिल्डको नेपालका लागि आधिकारिक बिक्रेता विवेक अटोमोबाइल्सले मंगलवार लोकप्रिय मोडल क्लासीक ३५० सिसी। सार्वजनिक गरेको हो ।
रोयल इनफिल्ड क्लासिक–३५० सिसी गनमेटल ग्रे मेट फिनिस, रेयर डिस्क ब्रेक लगायतको नयाँ फिचर्स समावेस छन् ।
कम्पनीका अनुसार ३ सय ५० सिसीको इन्जिनको यस मोटरसाइकल हेडलाइट क्यासिङ, फ्युल ट्याङ्क, डुअल डिस्क ब्रेक, ओभल टुल बक्स, एक्सहउस्ट फिन्स, स्पिडोमिटर डायल, सिङ्गल सिट स्प्रिङ, स्याडल टेल लाइट एसेम्ली र हेडलाइट क्यापमा देख्न सकिन्छ ।
हाल थपिएका रेयर डिस्क ब्रेकका कारण टुरिङ, दैनिक राइडिङका लागि झन सुरक्षित हुने कम्पनीको दावी छ । विवेक अटोमोबाइल्सले आफ्ना १९ वटा शाखा एवं डिलरहरु मार्फत विक्री वितरण शुरु गरिसकेको छ ।
कम्पनीले यसको मूल्य सिमित समयको लागि ५ लाख १५ हजार निर्धारण गरेको छ ।