नेपालकै ‘स्ट्रङगेस्ट’ वियर ‘अर्ना एट’ बजारमा |

काठमाडौं । नेपालका चर्चित वियर ब्रान्डहरुको उत्पादक यती ब्रुअरी प्रालिले आफ्नो नयाँ उत्पादन ‘अर्ना एट ९८०’ नेपाली बजारमा सार्वजनिक गरेको छ । छोटो अवधिमै ग्राहकहरुमाझ लोकप्रिय बनेको अर्ना ब्रान्डअन्तर्गतको नयाँ उत्पादन ‘अर्ना एट ९८०’ नेपाली वियरमध्येकै सर्वाधिक ८ प्रतिशत ‘अल्कोहल’ भएको ‘स्ट्रङ’ वियर हो ।
‘स्ट्रङ’ वियरको बढ्दो मागलाई विचार गरी उत्पादन थालिएको ‘द स्ट्रङगेस्ट वियर’– ‘अर्ना एट ९८०’ स्वादमा पनि उत्तिकै उत्कृष्ट रहेको छ । ‘अर्ना एट ९८०’ वियर ३३० मि.लि. र ६५० मि.लि. दुवै बोतलहरुमा उपलब्ध छ । ग्राहकहरुको सहजतालाई मध्यनजर गरी यी दुवै बोतलहरुमा ‘पूल अफ क्याप’ राखिएको छ जसका कारण यसलाई खोल्न ‘ओपनर’ आवश्यक पर्दैन । सीधै बोतलबाट पिउन सजिलो र छुट्टै ग्लास आवश्यक नपर्ने भएका कारण ३३० मि.लि. को ‘अर्ना एट ९८०’ विशेषगरी युवापिंढीमाझ चाँडै लोकप्रिय हुने अपेक्षा कम्पनीले लिएको छ ।
चित्तवनको चैनपुरस्थित अन्तरराष्ट्रियस्तरको वियर प्लान्टबाट उत्पादित ‘ अर्ना एट ९८०’ ३३० मि.लि को बजार मूल्य रु १४० र ६५० मि.लि को मूल्य रु २७५ मात्र रहेको छ । ३३० मि.लि को ‘ अर्ना एट ९८०’ एक कार्टुनमा २४ बोतल हुन्छ भने ६५० मि.लि को एक कार्टुनमा १२ बोतल हुन्छ ।
स्वाद, गुणस्तर, प्याकेजिङ र मूल्यलगायत सबै दृष्टिकोणबाट ‘ अर्ना एट ९८०’ उच्चस्तरीय छ । वियरपारखीहरुको फरक–फरक रोजाइ एवं स्वादअनुरुप अर्ना ब्रान्ड अन्तर्गत ‘ अर्ना एट ९८०’ सँगसँगै ‘अर्ना लाइट’, ‘अर्ना प्रिमियम’ र ‘अर्ना स्ट्रङ’ पनि बजारमा उपलब्ध छन् ।