बेलायतमा जोनसनको कन्जरभेटिभ् पार्टीलाई स्पष्ट बहुमत | पछिल्लो पाँच वर्षमा तेस्रो पटक निर्वाचन

काठमाडौं । बेलायतको सत्तारुढ कन्जरभेटिभ् पार्टीले संसदीय निर्वाचनमा स्पष्ट बहुमत हासिल गरेको छ । ६५० सदस्यीय संसदमा सबै क्षेत्रको परिणाम नआउँदै कन्जरभेटिभ्ले ३२६ भन्दा बढी स्थानमा जित दर्ता गरिसकेको छ ।
६३७ स्थानको परिणाम घोषणा हुँदासम्म प्रधानमन्त्री जोनसन बोरिसको पार्टीले ३५५ सिटमा विजयी भएको छ । २०१७ मा यो पार्टीले ३१७ स्थानमा मात्रै जितेको थियो ।
विपक्षी लेवर पार्टीले भने विगतमा जित हासिल गरेको क्षेत्र समेत गुमाउने देखिएको छ । लेवर पार्टीले २०२ स्थानमा जित हासिल गरेको छ । अघिल्लो निर्वाचनमा उसले २६२ सिट जितेको थियो ।
जितपटि जोनसनले बेलायतलार्य युरोपेली संघबाट अलग हुने ब्रेग्जिट लागु गर्ने जनादेश मिलेको प्रतिक्रिया दिएका छन् । बेलायतमा पछिल्लो पाँच वर्षमा तेस्रो पटक निर्वाचन भएको हो ।