द भ्वोइस अफ नेपाल सिजन २ का विजयीलाई ड्याट्सन रेडीगो गाडी उपहार |
काठमाडौं । नेपालमा निशान र ड्याट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रालिले हिमालयन टेलिभिजन नेटवर्क प्रा लि को संयुुक्त पहलमा नेपालको साँगीतिक प्रतियोगिता “द भ्वोइस अफ नेपाल” सिजन २ का सर्वात्कृष्ट विजेता राम लिम्बुलाई ड्याट्सन रेडी गो गाडी प्रदान गरेको छ ।
“द भ्वोइस अफ नेपाल” प्रतियोगिताको विजेता राम लिम्बुलाई कम्पनीको तर्फबाट सहायक महाप्रबन्धक ज्ञानेन्द्र ब. चन्दले ड्याट्सन रेडी गो गाडीको साँचो हस्तान्तरण गर्नुभएको थियो । “द भोइस अफ नेपाल” को फाइनल कार्यक्रम यही मंसिर २१ गते शनिवार हायात ग्राउण्ड चुच्चेपाटीमा आयोजना गरिएको थियो ।
नेपालमा ड्याट्सन र निशान गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रालिले नेपाली बजारमा डाट्सन गाडी बिक्री वितरण गर्दै आएको छ । आकर्षक डिजाइन, तथा अद्वितीय विशेषता युक्त डाट्सन गाडीका आफ्नै विशेषताहरु विद्यमान रहेका छन् । उच्च ग्राउन्ड क्लियरेन्स, उच्च सेफ्टी तथा स्टोरेज जस्ता अत्यावश्यकीय सुविधाहरु यसमा रहेका छन् ।
आजका युवा पिँढीको आवश्यकतालाई मध्यनर गरी उनीहरुका आवश्यकतालाई पूरा गर्ने उद्देश्य सहित यस गाडीको निर्माण गरिएको छ । शक्तिशाली जापानिज इन्जिन जडित यस गाडीमा सेफ्टी एवं ड्राइभिङ्गको जीवन्त अनुभव प्राप्त गर्न सकिने छ ।