३ ओटा बिक्यो ‘हार्ले डेभिड्सन’ मोटरसाइकल |
काठमाडौं । उत्पादन शुरु भएको एक शताब्दीभन्दा धेरै समय पछि नेपाल भित्रिएको अमेरिकी मोटरसाइकल हार्ले डेभिड्सन एक वर्षमा ३ ओटा बिक्रि भएको छ ।
नाडा अटो शो २०१८ देखि औपचारिक रुपमा नेपाल प्रवेश गरेको हार्ले डेभिड्सन मोटरसाइकलको आइरन ८८३ दुई ओटा र फ्याट व्वाय एउटा बिक्री भएको हार्ले डेभिड्सनको नेपालको लागि आधिकारिक वितरक आइएमई अटोमोटिभ्सका म्यानेजर महेश थापाले जानकारी दिए ।आइरन ८८३ को मूल्य ४० लाख छ भने फ्याट व्वायको मूल्य ८५ लाख पर्ने कम्पनीले जनाएको छ ।
त्यस्तै कम्पनीले भर्खरै ल्याएको इन्ट्री लेबल मोटरसाइकल भने ४ ओटा बुकिङ भएको कम्पनीले जनाएको छ । नयाँ २ ओटा इन्ट्री लेबल मोटरसाइकल मध्ये स्ट्रिट ७५० मोडल ३ ओटा र स्ट्रिट रड ७५० मोडलको एउटा बुकिङ भइसकेको थापाले जानकारी दिए ।
कम्पनीले स्ट्रिटको मूल्य २३ लाख र स्ट्रिट रड ७५० को मूल्य २७ लाख रुपैयाँ निर्धारण गरेको छ । ग्राहकले अर्डर गरेको खण्डमा हार्लेको जुनसुकै मोडल पनि ल्याउन सकिने कम्पनीले जनाएको छ ।