इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पाँडे सम्मानित |
काठमाडौं । नेपाल बैंकर्स संघले नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडका अध्यक्ष पृथ्वीबहादुर पाँडेलाई सम्मान गरेको छ । बैंकिङ क्षेत्रमा विशेष योगदान दिने व्यक्तित्वलाई सम्मान गर्ने परम्परालाई निरन्तरता दिंदै यस वर्ष उनलाई सम्मान गरेको हो ।
संघको बिहीबार आयोजित ३३ औ साधारण सभामा पाँडेलाई सम्मान गरिएको हो । नेपाल राष्ट्र बैंकका गभर्नर चिरन्जीवि नेपाल, डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र संघका अध्यक्षले संयुक्त रूपमा पाँडेको योगदानको कदर गर्दै सम्मानपत्र प्रदान गरेका थिए ।
पाँडेले नेपालको वित्तीय क्षेत्रको विकास तथा बैंकिङ क्षेत्रको दीगो उन्नतिका लागि नेपाल राष्ट्र बैंकको विभिन्न ओहोदा, राष्ट्रिय वाणिज्य बैंकको महाप्रबन्धक, हिमालय बैंकको संस्थापकरकार्यकारी निर्देशकरप्रमुख कार्यकारी अधिकृत तथा नेपाल इन्भेष्टमेण्ट बैंकको प्रमुख कार्यकारी सञ्चालक र हाल अध्यक्षलगायतमा रहेर काम गरिसकेका छन् । विगत चार दशक भन्दा अधिक समयदेखि अनवरत रूपमा पुर्यााएको अमूल्य योगदान तथा समस्त वित्तीय क्षेत्रको प्रगतिका लागि महत्वपूर्ण भूमिकाको उच्च कदर गर्दै यस संघका तर्फबाट सम्मान(पत्र प्रदान गरिएको हो ।
सम्मानपत्र ग्रहण गरेपश्चात पाँडेले आफ्ना अनुभवहरु सुनाउदै नेपालमा बैंकिङ क्षेत्रले हासिल गरेको उपलब्धि तथा राष्ट्र बैंकले लिएको गभ्ने र गाभिने नीति सहि दिशामा भएको औल्याए । साथै, बैंकहरुले सुचना प्रविधिमा आधुनिकता ल्याउने कुरामा जोड दिनु पर्ने उल्लेख गर्दै सम्मानका लागि नेपाल बैंकर्स संघलाई धन्यवाद दिए ।
संघको साधारणसभामा अध्यक्ष, उपाध्यक्ष तथा कार्यकारिणी समितिका पाँच जना सदस्यहरुको निर्वाचनको कार्यक्रमसमेत रहेकोमा सभाले सानिमा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दाहाललाई आगामी दुई वर्षको लागि अध्यक्ष पदमा निर्विरोध निर्वा्चित गरेको छ । यसैगरी सोही सभाले नेपाल एसबिआई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनुकुल भट्नागरलाई उपाध्यक्ष पदमा निर्विरोध निर्वा्चित गरेको छ। उनी यस अघि पनि उपाध्यक्ष पदमा नै कार्यरत थिए ।
सोही सभाले कार्यकारिणी समितिका पाँच जना सदस्यहरूलाई पनि निर्विरोध निर्वा्चित गरेको छ। एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल, मेगा बैंक नेपाल लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली, सनराइज बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेल, नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र एनएमबि बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी निर्विरोध निर्वा्चित भएका छन् ।
हाल संघको कार्यकारिणी समितिमा रहेका सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ्ग, र माछापुच्छ्रे बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले सदस्य पदमा निरन्तरता दिने भएका छन् ।