सुन्दर यातायातले १ अर्ब लगानीमा विद्युतीय गाडी एसेम्बल प्लान्ट खोल्दै |
काठमाडौं । सुन्दर यातायात प्रालिले विद्युतीय सवारी साधन नेपालमै बनाउने भएको छ। सिचुवान गुहाङ अटोमोवाइल्स, बिएके चाइनिज कम्पनीको सहकार्यमा उक्त प्लान्ट बन्ने भएको हो ।
रूपन्देहीको मोतिपुरमा प्लान्ट निर्माण गर्न लागिएको प्रालिका अध्यक्ष भेष बहादुर थापाले बताए। प्लान्ट १२ विघा क्षेत्रफलमा रहने छ । कुल १ अर्बको लगानीमा निर्माण हुन लागेको उक्त प्लान्टमा ७५ प्रतिशत चिनीयाँ कम्पनीको र २५ प्रतिशत नेपालीको हिस्सा रहने छ ।
उक्त प्लान्टबाट वार्षिक रूपमा १ हजार गाडी एसेम्बल गर्न सके पनि शुरूआतमा भने ५० वटा गाडी एसेम्बल गरिने अध्यक्ष थापाले बताए ।
‘अबको ६ महिनाभित्र प्लान्ट निर्माण गरी ९ महिना भित्रमै उत्पादन सुरू गर्छौ’, अध्यक्ष थापाले भने ।
प्लान्ट निर्माण भएपछि ६० जना स्थानीयले रोजगारी पाउने छन् । त्यसमा थप ७र८ जना चाइनिज प्राविधिक पनि रहने छन् ।
प्रालिले अहिले काठमाडौंमा दुईवटा विद्युतीय गाडी चलाईरहेको छ ।