युनाईटेड फाइनान्सले १०.५२ प्रतिशत लाभांस दिने |
काठमाडौं । युनाईटेड फाइनान्स १०.५२ प्रतिशत लाभांस घोषणा गरेको छ । मंसिर १७ गते मंगलबार सम्पन्न फाइनान्स सञ्चालक समितिको २४० औं बैठकले गत आर्थिक वर्षको मुनाफाबाट उक्त लाभांस दिने घोषणा गरेको हो ।
शेयरधनीलाई ३ प्रतिशत बोनश शेयर तथा करसहित ७.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने फाइनान्सको प्रस्ताव छ ।
फाइनान्स समितिबाट प्रस्तावित उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएर फाइनान्सको आगामी साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीलाई वितरण हुनेछ ।