सशस्त्र प्रहरीमा भर्ना खुल्यो, ५८ प्रहरी निरीक्षक र २३९ असई माग |
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले प्रहरी निरिक्षक तथा प्रहरी सहायक निरिक्षक (असई)मा नयाँ भर्ना खोलेको छ । सशस्त्रले ५८ जना सशस्त्र प्रहरी निरीक्षक तथा २३९ असईका लागि भर्ना खोलेको हो ।
बुधबार गोरखापत्र दैनिकमा प्रकाशित सुचना अनुसार ३१ वटा खुला सहित कुल ५८ जनाका लागि सशस्त्र प्रहरी निरीक्षकको पदमा आवेदन आह्वान गरिएको छ ।
यसैगरी असई पद खुल्ला तर्फ १२८ सहित कुल २३९ को संख्यामा आवेदन मागिएको छ ।