एनआइसी एशिया बैंकको काउन्टर कपिलवस्तुको कृष्णनगरमा |

काठमाडौं । एनआइसी एशिया बैंकले कपिलवस्तुको कृष्णनगर काउन्टर संचालनमा ल्याएको छ ।
बैंकले बुधबारदेखि संचालनमा ल्याएको उक्त काउन्टरको उद्घाटन कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाहले गरे ।
उक्त काउन्टर संचालनमा आएसँगै कृष्णनगर क्षेत्रका ग्राहकलाई बैकिङ सेवा पाउन सहज हुने विश्वास बैंकले लिएको छ ।
एनआइसी एशिया बैंकको ३१० शाखा कार्यालयहरु, ३९८ एटीएम, ९३ वटा एक्सटेन्सन काउन्टर एवं ४३ वटा शाखारहित बैंकिङ इकाई रहेको छ ।