प्रधानमन्त्री कार्यालयले सोध्यो नौ ठेकेदारलाई स्पष्टिकरण |
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सार्वजनिक खरिद अनुगमन कार्यालय ताहचलले नौ फर्म(ठेकेदार) लाई लिखित स्पष्टिकरण सोधेको छ ।
तोकिएको जिम्मेवारी पूरा नगरेका ती फर्मलाई कालोसूचीमा राख्न सार्वजनिक निकायबाट लेखी आएको भन्दै कार्यालयले एक महिना समय दिएर स्पष्टिकरण सोधे पनि ती फर्मले समयभित्र स्पष्टिकरण पेश गरेनन् ।
बुधबार फेरि ती फर्मलाई दोस्रोपटक स्पष्टिकरणका लागि सात दिनको समय दिइएको छ । सार्वजनिक खरिद नियमावली २०६४ को नियम १४१ को उपनियम ४ (क) को प्रयोजनार्थ लिखित स्पष्टिकरण पेश गर्न सम्बन्धित निर्माण व्यवसायीरआपूर्तिकर्तालाई सूचना निकालेर जानकारी गराइएको हो ।
श्री निशा सप्लायर्स हेटौंडा उपमहानगर ४ मकवानपुरका अशोक न्यासुरलाई कालोसूचीमा राख्न द टिम्बर कर्पेरेसन अफ नेपाल लिमिटेड पर्सा शाखाले आग्रह गरेको छ ।
इन्दिरा कन्स्ट्रक्सन मेलुङ गाउँपालिका ४ दोलखाका मोहन खड्कालाई कालोसूचीमा राख्न संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय सडक डिभिजन चरिकोट दोलखाले लेखि पठाएको छ ।
स्वस्तिक श्री विनायक कन्स्ट्रक्सन हेटौंडा उपमहानगर १० मकवानपुरका गणेशप्रसाद भेटवाललाई कालोसूचीमा राख्न सहरी विकास तथा भवन निर्माण विभाग सघन सहरी तथा भवन निर्माण आयोजना वीरगञ्ज पर्साले आग्रह गरेको छ ।
टौदह कन्स्ट्रक्सन कीर्तिपुर नगरपालिका १५ का राधाकृष्ण कार्कीलाई पनि कालोसूचीमा राख्न सहरी विकास तथा भवन निर्माण विभाग सघन सहरी तथा भवन निर्माण आयोजना वीरगञ्ज पर्साले लेखि पठाएको हो । अजम्बररशिवराम कन्स्ट्रक्सन जेभी भिमेश्वर नगरपालिका १ चरिकोटका मुख्य व्यक्ति शिवजी सापकोटालाई कालोसूचीमा राख्न सहरी विकास तथा भवन निर्माण विभाग सघन सहरी तथा भवन निर्माण आयोजना वीरगञ्ज पर्साले आग्रह गरेको छ ।
नेपालगञ्ज उपमहानगर १८ बाँकेको सीताराम निर्माण सेवाका मुख्य व्यक्ति सीताराम गोडियालाई कालोसूचीमा राख्न नेपाल कृषि अनुसन्धान परिषद् सिंहदरबार प्लाजा काठमाडौंले आग्रह गरेको हो ।
सूर्योदय निर्माण एण्ड हाउजिङ कम्पनी प्रालि काठमाडौं महानगर ४ का मुख्य व्यक्ति विष्णुकुमार कडरियालाई कालोसूचीमा राख्न मेलुङ गाउँपालिका दोलखाले लेखि पठाएको छ ।
बारा कन्स्ट्रक्सन काठमाडौंलाई कालोसूचीमा राख्न मेलुङ गाउँपालिका दोलखाको आग्रह छ । गृजेश कन्स्ट्रक्सन छिन्नमस्ता गाउँपालिका सप्तरीका मुख्य व्यक्ति बन्दना दासलाई कालोसूचीमा राख्न त्रिपयुगा नगरपालिका गाईघाट उदयपुरले कार्यालयमा लेखि पठाएको बुधबार प्रकाशित सूचनामा उल्लेख छ ।
‘कालोसूचीमा राख्न नपर्ने आधार प्रमाण भए सात दिनभित्र लिखित स्पष्टिकरण पेश गर्न निजहरूको ठेगानामा सूचना पठाइएको छ,’ कार्यालयले निकालेको सूचनामा भनिएको छ ।