मार्सको १६औं वार्षिकोत्सव सम्पन्न |
काठमाठौं । मार्स प्रालिले आफ्नो १६औं वार्षिकोत्सव मनाएको छ । यस अवधिमा कम्पनिले प्रिन्टिङ, विज्ञापन, एफएम नेटवर्किङ बजार विकास तथा अनुसन्धानको क्षेत्रमा व्यापक सफलता हासिल गरेको छ । यस एजेन्सीले डिजिटल मार्केटिङमा पनि कृति अवार्ड प्राप्त गरेको छ ।
१६बर्षको समयावधिमा मार्स प्रालिले आफ्नो पूर्ण आत्मविश्वास र भरोसाको साथ आफ्ना ग्राहकहरुलाई सन्तुष्टि प्रदान गर्दै आएको छ । जुन दरिलो टिमवर्कबाट सम्भव भएको कम्पनि द्वारा जारी बिज्ञेप्तिमा उल्लेख छ ।
यसै अवसरमा कम्पनीका प्रबन्ध निर्देशक मनिस अधिकारीले भने, ‘१६ बर्षको सफलकार्यले हामी लगायत सम्पूर्ण टिममा उत्साह थपिएको छ । २००३ मा स्थापित भएर २०१९ सम्म आइपुग्दा नेपालका केहि ख्याति प्राप्त कम्पनीको काम गरेर सन्तुष्टी दिई आगामी दिनमा अझ राम्रो गर्ने चुनौती थपिएको छ ।’
मार्सले आफ्नो १६औं बसन्तपार गर्दा गर्दै "Continuously Delivering Creativity With Perfection" भन्ने नाराका साथ अगाडि बढको छ ।