चौथौं टाटा मोटर्स ग्लोबल सर्भिस क्याम्प हुँदै |
काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङले आगामि बिहीबार, शुक्रबार र शनिबार चौंथो टाटा मोटर्स ग्लोबल सर्भिस क्याम्प २०१९ को आयोजना गर्दैछ ।
यो तीन दिने क्याम्प नेपालभर रहेका सिप्रदीका ५३ वटा सर्भिस वर्कशपहरूमा आयोजना हुने भएको हो । यो सर्भिस क्याम्पमा टाटा मोटर्सका कमर्सियल गाडीका ग्राहकले निःशुल्क गाडीको जाँच अन्य सेवाहरू प्राप्त गर्छन् ।
तीन दिने सर्भिस क्याम्पमा टाटा जेन्युइन स्पेयर पार्टहरू, म्याक लुब्रिकेन्ट, एक्साइड ब्याट्रीमा छुटहरु हुने बताइएको छ । सिप्रदीले आफूलाई सहयोग पुर्याएका ग्राहकलाई विभिन्न विधाअन्तर्गत सम्मान पनि गर्दैछ ।
सोही क्याम्पमा टाटा मोटर्सका केही नयाँ कमर्सियल गाडीहरू पनि सार्वजनिक हुने कम्पनीले बतायो ।