चन्द्रगढी विमानस्थल आधुनिकिकरण गरिदैं |

काठमाडौं । झापाको चन्द्रगढी विमानस्थल विस्तार आधुनिकिकरण गरिने भएको छ । मंगलबार सरोकारवाला निकायसँग झापाको विर्तामोडमा छलफल गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डायनमन्त्री योगेश भट्टराइले विमानस्थलको आधुनिकिकरण गरिने बताएका हुन् ।
विमानस्थल सुधारका लागि नागरिक उड्ड्यन प्राधिकरणले गुरु योजना तयार गरेको थियो । छलफलमा गुरुयोजना पनि प्रस्तुत गरिएको छ ।
छलफलपछि आएका सुझावलाई समेटेर गुरु योजनालाई पूर्णता प्रदान गरी विमानस्थलको विस्तार कार्यअघि बढाइने मन्त्री भट्टराइले बताएका छन् ।