सातै प्रदेशमा टीभीएस अपाचे सिरिज २ सम्पन्न |
काठमाडौं । जगदम्बा मोटर्सले ‘टीभीएस अपाचे सिरिज सप्तरङ्ग सिजन २’ सातवटै प्रदेशमा सम्पन्न गरेको छ । देशलाई सँगीतको माध्यमबाट जोड्ने प्रयासमा गत कार्तिक २० गतेदेखि शुरु गरिएको उक्त कार्यक्रम गत ४ गते सम्पन्न गरेको हो ।
भिजिट नेपाल २०२० लाई लक्षित गरिएको यो सांगितिक कार्यक्रमार्फत् महानायक राजेश हमाल, हास्य कलाकार जितु नेपाल, गायक सुगम पोखरेल, हिमाल सागर, गायिका मेलिना राई लगायतले कलाकारहरुले प्रस्तुती दिएका थिए ।
यससँगै टीभीएस अपाचे आरटिआर १६०२ भी रेस इदिसन दबल दिस्कको पनि सातवटै प्रदेशमा सार्वजनिक गरिएको थियो । विर्तामोडबाट सुरु भएको यो कार्यक्रम वीरगन्ज, चितवन, नेपालगन्ज, सुर्खेत, महेन्द्रनगर, हुँदै पोखरामा आएर समाप्त भएको थियो ।