गैरआवासीय नेपालीद्वारा ग्वान्जौमा रक्तदान |

काठमाडौं । चीनको व्यापारिक सहर ग्वान्जौमा एकदिने रक्तदान कार्यक्रम सम्पन्न भएको छ । गैरआवासीय नेपाली संघ चीन र ग्वान्जौस्थित नेपाली महावाणिज्य दूतावासद्वारा आइतबार आयोजित कार्यक्रममा ८८ जनाले रक्तदान गरेका हुन् ।
रक्तदातामध्ये ७६ नेपाली र बाँकी चीनलगायतका देशका नागरिक रहेको संघका उपाध्यक्ष सुशील वेल्बासेले जानकारी दिए । व्यवसायी तथा साउथ चाइना युनिभर्सिटी, ग्वान्जौं नानफाङ युनिभर्सिटी र सनयात्सेन युनिभर्सिटीका विद्यार्थीलगायतले रक्तदान गरेका थिए ।