हुन्डाइको विन्टर डिलाइट योजना, एक्सचेञ्च र मूल्याङ्कनको सुविधा |
काठमाडौं । हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले “हुन्डाई विन्टर डिलाइट”योजना ल्याएको छ । योजनामार्फत ग्राहकले हरेक हुन्डाई गाडीको खरिदमा नगद छुटका साथै विभिन्न सुबिधा प्राप्त गर्ने अवसर पाउने विज्ञप्तिमा उल्लेख छ ।
ग्राहकले हरेक हुन्डाई गाडीको खरिदमा नगद छुटका साथै निशुल्क १ वर्षसम्मको बिमा, आकर्षक एक्सचेन्ज बोनस उपलब्ध हुने छ ।
स्पट् एक्सचेन्ज तथा मुल्याङ्कनको सुबिधा र एक वर्ष सम्मको निːशुल्क सडक कर (चालु आर्थिक बर्षको) समेत प्राप्त गर्न सक्नेछन्। साथै हरेक हुन्डाई गाडीको खरिदमा ४ वर्षसम्म निशुल्क सर्भिस र ३ वर्षको वारेन्टी पनि प्राप्तगर्न सकिनेछ ।