सडक अलपत्र पार्ने ठेकेदारविरूद्ध शंख फुकेर विरोध |

काठमाडौं । दोलखाको चरिकोटका स्थानीय बासिन्दाले समयमै सडक कालोपत्रे नगर्ने ठेकेदारविरूद्ध शंख फुकेर विरोध गरेका छन् ।
गत असारमै कालोपत्रे गरिसक्नुपर्ने सिन्धुपाल्चोक खाडीचौर(मुडे २५ किमी र मुडे–चरिकोट ३० किमी सडक अहिलेसम्म पनि निर्माण नभएपछि ठेकेदारविरूद्ध स्थानीयले शनिबार शंख फुकेर ध्यानाकर्षण गराएका हुन् ।
यो सडक निर्माणको जिम्मा दीपक सापकोटाले लिए पनि कालोपत्रे गर्ने काम सकेका छैनन् । उनीहरूले यसअघि मानव साङ्लो बनाएर सिठ्ठी जुलुस र ठेकेदार सापकोटाको फोटो टाँसेर पनि विरोध गरेका थिए ।