अर्घाखाँची बस दुर्घटना : १९ जनाको मृत्यु (अपडेट) |

बुटवल । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ नरपानीमा हिजो बेलुका भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १९ पुगेको छ।
सन्धिखर्कबाट बुटवल जाँदै गरेको लु २ ख २१४८ नम्बरको बस नरपानी बजार नजिकैको घुम्तीमा दुर्घटना भएको हो।
दुर्घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीयवासीले उद्धार गरिरहेका छन्। अहिलेसम्म १९ जनाको मृत्यु भएको उद्दारमा खटेका प्रहरी निरीक्षक सुरज सुवेदीले जानकारी दिए। गाडी धनी सन्तोष बस्नेतको उपचारको क्रममा चौराह अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।
दुर्घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीयवासीले उद्धार गरिरहेका छन् । अन्य मृतकको सनाखत हुन सकेको छैन । घाइतेलाई उपचारका लागि बुटवल पठाइएको प्रहरी निरीक्षक सुवेदीले जानकारी दिए। घाइतेको उद्धार जारी रहेको छ ।
बस सडकबाट झण्डै तीन सय मिटर तल खसेको छ । घटनाका बारेमा विस्तृत विवरण आउन बाँकी छ ।