हिमालयन डिष्टिलरीको साधारण सभा पुस १ गते, बोनस र लाभांशको प्रस्ताव |
काठमाडौं । हिमालयन डिष्टिलरीको साधारण सभा पुस १ गते हुने भएको छ । सभा कम्पनीको रजिष्ट्रार कार्यालय पर्सा, विरगञ्जमा बिहान १० बजे शुरु हुने भएको हो ।
कम्पनीले आर्थिक वर्ष २०७५∕०७६ को मुनाफाबाट शेयरधनीको लागि चुक्तापूँजीको ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ५२ दशमलव ६३ प्रतिशत नगद लाभांश गरी कुल १०२ प्रतिशत ६३ लाभांश दिने निर्णय गरेको छ । कम्पनीको कात्तिक २४ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
कम्पनीको सहायक कम्पनी हिमालयन मल्टी एग्रो र हिमालयन फिसरीज एकिकृत वित्तिय विवरणमा छलफल गर्ने, चुक्तापूँजी वृद्धि गर्ने, कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चनलक समितिलाई अख्तियार प्रदान गर्ने जस्ता विषयमा छलफल गर्न कम्पनीले सभा बोलाएको हो ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले मंसिर १५ गते शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ । मंसिर १३ गतेसम्मका कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा बोनस र लाभांश पाउनेछन् ।