पाकिस्तान च्याम्पियन |
एजेन्सी । एसीसी इमर्जिङ टिम्स एसिया कपको उपाधि पाकिस्तानले जितेको छ । बंगलादेशको ढाकामा शनिबार भएको फाइनलमा आयोजक बंगलादेशविजयलाई ७७ रनले हराउँदै पाकिस्तान च्याम्पियन बनेको हो ।
पाकिस्तानले दिएको तीन सय दुई रनको विजय लक्ष्य पछ्याउने क्रममा बंगलादेशले ४३.३ ओभरमा सबै विकेट गुमाएर दुई सय २४ रन मात्र बनाउन सकेको थियो । बंगलादेशको लागि अफिफ होसेनले सर्वा्धिक ४९, नज्मुल शानटोले ४६ र महदि हसनले ४२ रन बनाए ।
पाकिस्तानका मोहम्मद हसनैनले तीन तथा खुस्दिल शाह र सैफ बदरले दुई दुई विकेट लिए । यसअघि पाकिस्तानले ५० ओभरमा ६ विकेट गुमाएर तीन सय एक रन बनाएको थियो । पाकिस्तानका रोहेल नाजिरले एक सय १३ रनको शतकीय इनिङ खेले ।
इमरान रफिकले ६२ र साउद शकिलले ४२ रन बनाए । बंगलादेशको सुमोन खानले तीन तथा हसन महमुदले दुई विकेट लिए । प्रतियोगिता आयोजक बंगलादेश सहित, नेपाल, हंगकंग, पाकिस्तान, अफगानिस्तान, भारत, श्रीलंका र ओमान गरी आठ टोलीले प्रतिस्पर्धा गरेका थिए । नेपाल समुह चरणबाटै बाहिरिएको थियो ।