नेपालमा लगानी गर्न अष्ट्रेलियन लगानीकर्ता उत्सुक |
काठमाडौं । नेपालका लागि अष्ट्रेलियका राजदूत पिटर ग्रेमी वडले नेपालमा सम्पन्न लगानी सम्मेलन पश्चात् लगानी प्रबद्र्धन गर्न उत्साह थपिएको बताए ।
राजदूत वडले नेपाल चेम्बर अफकमर्सको कार्यालयमा आयोजित भेटघाट कार्यक्रममा साना लगानीकर्ताहरुलाई सहज वातावरण हुने कानूनी प्रावधान भएमा नेपालको कृषि, जलश्रोत, पर्यटन आदि क्षेत्रमा लगानी गर्ने बताएका हुन् ।
‘नेपालमा लगानी तथा व्यापारको लागि कानूनी र असल व्यवसाय मैत्रीवातावरण भएमा अष्ट्रेलियाको लगानी आउने सम्भावन छ’, उनले भने ।
उनले अष्ट्रेलियाले नेपालको सामुदायिक वनमा गरेको सहयोग अन्य मुलुकको लागि पनि अनुकरणीय भएको बताए । चेम्बरका अध्यक्ष राजेश काजीश्रेष्ठले लगानी सम्मेलन पछि र एकद्धार प्रणाली लागू भए पछि लगानीको संभावना बढेको बताए ।
उनले अष्ट्रेलियाको मुख्य शहरहरु ब्रिसवेन, मेलवर्न, सिड्नी, क्यानेवरा, पर्थ लगायतकाआकर्षक र नियमित पर्यटन, व्यापार, लगानी प्रबद्र्धन गर्न आयोजित हुने व्यापार रमेलाप्रदर्शनीमा नेपालले पनि सहभागिता दिन आग्रह गरे ।