नेपाल इन्फ्राइस्टकचर बैंकले ८ अर्बको आईपीओ खुलाउने |
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ८ अर्ब रुपैयाँको साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । बैंकको कात्तिक २५ मा बसेको संचालनक समितिको बैठकले ८ करोड कित्ता आईपीओ निष्कासन गर्ने भएको हो ।
बैंकले मंसिर २९ मा प्रथम साधारण सभा गर्ने बताएको छ । साधारण सभाको विशेष प्रस्तावका रुपमा आईपीओ निश्कासन गर्ने जानकारी दिएको हो ।
अहिले १२ अर्ब चुक्ता पूँजी रहेको बैंकले साधारण शेयर निष्काशन पछि २० अर्ब पुर्याउने साधारण सभाको विशेष प्रस्ताव छ ।