मिथिलाले संचालन गर्यो बाराको प्रसौनीमा वित्तीय साक्षरता कार्यक्रम |
काठमाडौं । धनुषाको ढल्केवरमा केन्द्रीय कार्यालय रहेको मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय भलुही बाराले प्रसौनीमा शाखा स्तरीय वित्तीय साक्षरता तथा जनचेतना अभिबृद्धि कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ ।
वित्तीय संस्थाका संचालक हरि प्रसाद काफ्लेको अध्यक्षतामा विभागिय प्रमुख रेशम प्रसाद वास्तोलाले संचालन गरेको उक्त कार्यक्रममा प्रसौनी गा.पा. अध्यक्ष भोला प्रसाद गुप्ता प्रमुख अतिथि, उपाध्यक्ष गिता साह र वडा नं. २ का वडा अध्यक्ष सुरेश कुमार गुप्ताको विशिष्ठ आतिथ्यमा करिब ५०० जना ग्राहक सदस्यहरु, शिक्षक र स्थानिय ब्यक्तीहरु सहितको उल्लेख्य उपस्थिती रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि गुप्ताले महिलाको क्षमता र शिक्षामा विकास भएमा मात्र परिवार, समाज र देशको विकास सम्भव हुने भएकोले मिथिला लघुवित्त वित्तीय संस्था लि.को कार्यक्रमले महिलालाई क्षमता विकास गर्न प्रत्यक्ष सहयोग गरिरहेकोले संस्थालाई धन्यवाद दिंदै ग्राहक सदस्यहरुले बढी रकम कमाउने लालचमा ऋणको दुरुपयोग नगर्न र भविश्यको साथि बचत जम्मा गर्दे जानु पर्ने धारणा राखे ।
यस्तै विशिष्ठ अतिथि गिता साहले यस संस्थाले अशिक्षीत महिलालाई नाम लेख पढ गर्न सिकाएको र सानो सानो कर्जा प्रवाह गरी विपन्न बर्गको उत्थानमा महत्व पुर्ण योगदान पु¥याएकोमा मिथिला लघुवित्त वित्तीय संस्थालाई धन्यवाद दिइन ।
नायव प्रमुख कार्यकारी अधिकृत महेश कुमार चौधरीले स्वागत मन्तब्य राख्नु भएको सो कार्यक्रममा उत्कृष्ठ केन्द्र, उत्कृष्ठ किसानहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सत्यदेव राउतले कार्यक्रमको उद्धेश्य र संस्थाको सेवा सुविधाको बारेमा प्रकास पार्दै वित्तीय संस्थाले ग्रामिण क्षेत्रका महिलालाई वित्तीय सेवा संग संगै उनिहरुको चेतनाको स्तरमा बृद्धि गर्न र शिक्षा, स्वास्थ्य जस्ता सामाजिक काममा समेत सहयोग गर्दै आईरहेको बताए । उनले आगामी दिनमा विपन्न बर्गको उत्थानको लागि विभिन्न किसिमका सामाजिक तथा आर्थिक सेवाहरु प्रदान गर्दै राष्ट्रको गरीवि निवारण गर्ने उद्धेश्यमा सहयोग पुर्याउने बताए ।