एफटेक मोटरसाइकल नेपाल भित्रियो, म्याक्स भिजन आधिकारिक वितरकमा नियुक्त |
काठमाडौं । भारतीय उत्पादन एफटेकका मोटरसाइकल नेपाली बजारमा पनि भित्रिएको छ । एफटेक मोटर्स इन्डियाले नेपालका लागि आधिकारिक वितरकमा म्याक्स भिजनलाई नियुक्त गरेसँगै कम्पनीले यी मोटरसाइकल नेपालमा भित्र्याएको हो । एफटेक ब्रान्ड मोटरसाइकलको सुरुवाति तीनवटा मोडेलहरु टर्बो, नाइट राईडर र स्कोर्पियन हालै बजारमा ल्याएको हो । कम्पनी निकट भविष्यमा १२५ सीसी., ११० सीसी, २५० सीसी. तथा ३१० सीसीका मोटरसाईकल, स्कुटरहरु तथा विद्युतीय मोटरसाइकलहरु पनि उत्पादन गर्ने लक्ष्य राखेको जनाइएको छ ।
एफटेक मोटरसाइकल उच्च प्रविधियुक्त रहेको कम्पनीले जनाएको छ । १७० सीसीको शक्तिशाली इन्जिन, भारत स्टेज ४ उत्सर्जन न्यूनता तथा भारत स्टेज ६ कम्प्याटिबल इन्जिन, एन्टिलक ब्रेकिङ्ग सिस्टम, उच्च माईलेज (४५ किमी प्रति लिटर), २० लिटरको ईन्धन ट्यांकी, अतिरिक्त सुरक्षाका लागि साइड स्ट्याण्ड सेन्सरलगायतका विशेष रहेको कम्पनीले जनाएको छ ।
शक्तिशाली इन्जिन र अत्यधिक माईलेज, आरामदायी मोटरसाईकलका पारखीहरुलाई एफटेक मोटरसाईकले सन्तुष्टि प्रदान गर्नेमा कम्पनी विश्वस्त रहेको म्याक्स भिजन लिमिटेडका अध्यक्ष डा. केशवप्रसाद श्रेष्ठले बताए । टर्बो मोडलको सुरुवाती अधिकतम खुद्रा मूल्य तीन लाख १० हजार र नाईट राईडर तथा स्कोर्पियन मोडलको स्थानीय बजार मूल्य तीन लाख २० हजार रहेको कम्पनीले जनाएको छ ।