एनआइसी एसियाको प्रष्टोक्ति, ‘सुपर चमत्कारिक रिकरिङ्ग निक्षेप खाता’ को नाम मात्र परिवर्तन |

काठमाडौं । एनआईसी एशिया बैंकद्वारा यही मंसिर ३ गते जारी ‘सुपर चमत्कारिक मासिक निक्षेप खाता’ बिषयको प्रेश विज्ञप्ति सच्याएको छ । बैंकले सत्य तथ्य प्रस्ट्याउन भन्दै अर्को विज्ञप्ती जारी गर्दै मंसिर ३ गते जारी ‘सुपर चमत्कारिक मासिक निक्षेप खाता’ सम्वन्धि विभिन्न सञ्चार माध्यमहरुमा प्रकाशित समाचार प्रति बैंकको ध्यानाकर्षण भएको जनाएको छ ।
बैंकले आफ्ना ग्राहक महानुभावहरुलाई अधिकतम लाभ प्रदान गर्ने उद्देश्यले ‘सुपर चमत्कारिक मासिक निक्षेप खाता’ योजना सार्वजनिक गरेको जानकारी गराउँदै उक्त योजना बैंकको ‘सुपर चमत्कारिक रिकरिङ्ग निक्षेप खाता’ को नाम परिर्वतन मात्र रहेको समेत जानकारी गराएको छ । आम जनमासहरुलाई बुझ्न र बुझाउन सजिलो होस भन्ने हेतुले यस योजनालाई ‘सुपर चमत्कारिक मासिक निक्षेप खाता’ भनि नामाङ्कन गरीएको बैंकले बताएको छ ।
रिकरिङ्ग निक्षेप एक विशेष प्रकारको मुद्दती निक्षेप योजना हो जसमा ग्राहकहरुले आफ्नो भविष्यको विभिन्न योजनाहरुको लागि चाहिने वित्तिय श्रोत जुटाउनका लागि मासिक रुपमा किस्ताको हिसाबले उक्त खातामा जम्मा गरी चाहिएको रकम जम्मा गर्न सक्नेछन् ।
रिकरिङ्ग निक्षेप योजना अन्तरराष्ट्रिय बैंकिङ्ग अभ्यासमा समेत निकै नै प्रचलित एवं पहिलेदेखी नै संचालनमा रहेको योजना हो र नेपालमा समेत केहि बैंकहरुले विभिन्न नाममा रिकरिङ्ग निक्षेप योजनाहरु सञ्चालन गरी निक्षेप श्रोत परिचालन गरीरहेको छन ।
यस बैंकले सार्वजानिक गरेको ‘सुपर चमत्कारिक खाताहरु’ अन्र्तगत उक्त ‘सुपर चमत्कारिक मासिक निक्षेप खाता’ बचत खाता नभई एक विशेष प्रकारको मुद्दती खाता भएकोले ग्राहकले ३ महिना देखी १० वर्षसम्मको लागि आफ्नो आवश्यकता अनुशार खाता खोल्न र मुद्दती निक्षेपकै ब्याज आर्जन गर्न सक्नेछन् ।