उपसभामुखले भनिन् तत्काल मन्त्री बन्दिन |
काठमाडौं । उपसभामुख शिवमाया तुम्बाहाम्फेले उसभामुख छाडेर तत्काल मन्त्री बन्न अस्वीकार गरेकी छिन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले तुम्बाहाम्फेलाई मन्त्री बन्न प्रस्ताव गरेका थिए । ओलीले फोन गरेर मन्त्री बन्ने विषयमा तुम्बाहाम्फेसँग कुराकानी गरेका थिए ।
तुम्बाहाम्फेलाई मन्त्री बनाएर नेकपाले सभामुख आफैं राख्न खोजेको हो । संविधानअनुसार सभामुख र उपसभामुख फरक(फरक दलको हुनुपर्छ । नेकपाबाट तुम्बाहाम्फे उपसभामुख भइरहे सभामुख नेकपाले छाड्नुपर्छ ।
सभामुख र उपसभामुखको विषय मिलाउन प्रधानमन्त्रीले तुम्बाहाम्फेलाई मन्त्री बन्न प्रस्ताव गरेका हुन् ।
तर तुम्बाहाम्फेले तत्काल उपसभामुख पद छाड्दा प्रतिनिधि सभा अलपत्र पर्ने जानकारी प्रधानमन्त्रीलाई गराएकी हुन् ।तत्काल मन्त्री नबने पनि तुम्बाहाम्फे मन्त्री बनाउने तयारी प्रधानमन्त्री ओलीले गरिरहेका छन् ।