कुमारी बैंकको नाफा ४० करोड १६ लाख, १४.२४ प्रतिशतले बढ्यो |
काठमाडौं । कुमारी बैंकले आज प्रकाशित गरेको वित्तीय विवरण अनुसार चालू आर्थिक बर्षको पहिलो त्रैमासमा ४० करोड १६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । उक्त अवधिमा बैंकले गत वर्षको भन्दा १४.२४ प्रतिशतले नाफा आर्जन गर्न सफल भएको छ ।
यस अवधिमा बैंकले निक्षेप संकलन ६.९६ प्रतिशत र कर्जा लगानी ५.७९ प्रतिशतले बढ्दा खुद व्याज आम्दानीमा १२.३४ प्रतिशतले सुधार आएको छ । खुद व्याज आम्दानी ९१ करोड ८५ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा ८१ करोड ७६ लाख रुपैयाँ थियो ।
बैंकको वित्तीय विवरण अनुसार यस अवधिमा ७८ अर्ब ३० करोड रुपैयाँ निक्षेप संकलन गरी ७७ अर्ब २४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत वर्षको सोही अवधिमा ७१ अर्ब २० करोड रुपैयाँ निक्षेप संकलन गरी ७३ अर्ब एक करोड रुपैयाँ लगानी गरेको थियो । बैंकको प्रतिशेयर आम्दानी १६ रुपैयाँ छ ।