एनसेलद्वारा पहिलो १४ सुपर सेलरलाई पुरस्कार वितरण, सुनदेखि वासिङमेसिनसम्म |
काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले हाल संचालनमा रहेको आफ्नो ‘एनसेल सुपर सेलर’ योजनाअन्तर्गत काठमाडौं र ललितपुर जिल्लाका पहिलो १४ पोइन्ट अफ सेल्स् (पिओएस) खुद्रा बिक्रेतालाई पुरस्कार हस्तान्तरण गरेको छ । खुद्रा विक्रेताहरुले एक कार्यक्रम माझ सोमबार सुन, ल्यापटप, माउन्टेन बाइक र वासिङ्ग मेसिन पाएका छन् ।
रिजन डेरी (बसपार्क), ओम साई रामकम्युनिकेसन (मनमैजु), सार्प सोलुसन (कलंकी), टिआरएल इलेक्ट्रोनिक सप (नयाँबजार), एमके स्टोर (सतुंगल), डिआर भिजन सेन्टर (ठमेल, पिपलबोट) र श्री पशुपति इन्टरप्राइजेज् (नयाँबजार) गरी सात खुद्रा बिक्रेताहरुले यस योजनाअन्तर्गत २४ क्यारेटको १र१ तोला सुन पुरस्कार पाएका छन् । यी बिक्रेताले यो योजनाको ‘गोल्ड’ समुहअन्तर्गत सुन पुरस्कार जितेका हुन् ।
सिल्भर समुहअन्तर्गत चार खुद्रा बिक्रेताहरु राना स्टोर (मिलन टोल), एनबिटी मोबाइलमर्मत सेन्टर (जोरपाटी), राज इन्टरनेशनल ट्रेडर्स (सामाखुसी) र बिकी इलेक्ट्रोनिक्स् (इमाडोल) ले माउन्टेन बाइक साइकल जित्न सफल भएका छन् । त्यस्तै न्यू कन्काई स्टोर (नयाँबानेश्वर) र सरस्वतीखाद्य स्टोर (भैंसेपाटी) ले १र१ थान ल्यापटप जित्न सफल भएका छन्। यसै समुहअन्तर्गत दामोदर फ्रेम पसल (बालाजु) ले वासिङ्ग मेसिन जितेका छन् ।
१४ खुद्रा बिक्रेताहरुलाई एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ्ग, प्रख्यात क्रिकेट खेलाडी सन्दिप लामिछाने, कलाकार प्रियंका कार्की र गायक शिव परियारले संयुक्तरुपमा पुरस्कार हस्तान्तरण गरेका थिए ।
एनसेलले आफ्नो यस योजनाअन्तर्गत पुरस्कार जित्न योग्य देशभरीका खुद्रा बिक्रेताहरुलाई पुरस्कार हस्तान्तरण गर्नेछ ।
एनसेलले आफ्ना देशभरी रहेका खुद्रा बिक्रेताहरुलाई लक्षित गरी ‘एनसेल सुपर सेलर’ योजना गत २०७५ चैत्र १ गतेदेखि लागु गरेको थियो। योजना पुष २०७६ सम्म संचालनमा रहनेछ ।