टीभीएस अपाचे रेस ट्रयाकको लागि छनौट रेस सम्पन्न |
काठमाडौं । जगदम्बा मोटर्सले टीभीएस बाइक राइडरहरुलाई लक्षित गरेर अघि सारेको नयाँ योजना टीभीएस अपाचे रेस ट्रयाक एक्सपेरियन्सको प्रारम्भिक चरणको छनौट प्रतियोगीता आज सम्पन्न भएको छ ।
यस छनौट चरण पार गर्न सफल भएका २५ जना टीभीएस अपाचे राइडरहरुले भारतको चेन्नईमा रहेको मद्रास मोटर रेस ट्रयाकमा अपाचे बाइक दौडाउनुको अनुभव संगाल्न पाउने कम्पनीले जनाएको छ ।
टीभीएसले गत वर्ष पनि यस्तै रेस ट्रयाक योजना संचालन गरिसकेको र त्यसबाट प्राप्त प्रतिक्रियाबाट उत्साहित भएर यो वर्ष पनि त्यस्तै योजना संचालन गरेको जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवालले बताए ।
नेपाली बाइक राइडरहरुको रेस ट्रयाकमा बाइक कुदाउने र त्यसबाट अन्तरराष्ट्रिय अनुभव संगाल्ने सपना पुरा गर्न जगदम्बा मोटर्सले यो कार्यक्रम आयोजना गरेको उनले बताए ।
टीभीएस अपाचे रेस ट्रयाक एक्सपेरियन्स योजनामा सहभागी हुन चाहनेले टीभीएस अपाचे आरआर ३१० र २०० को टेस्ट राइड प्रक्रियामा सामेल हुनुपर्ने व्यवस्था गरिएको थियो ।
त्यस छनौट चरणको लागि गोला प्रथाद्वारा ५० जनाको नाम चयन गर्यो । छनौट चरणबाट प्रारम्भमा ३० जनाको नाम चयन गरी अन्तिम चरणको अन्तवार्ताबाट २५ जनाको नाम घोषणा गरिने कमपनीले जनाएको छ ।
राइडरहरुको चयन उनीहरुको बाइक हाँक्ने खुबी, शारीरिक सक्षमता,अनुशासन आदिका आधारमा गरिनेछ ।
अन्तिम चरणमा प्रवेश गरेका टीभीएस अपाचे बाइक राइडरहरुले मंसिर १५ गते मद्रास मोटर रेस ट्रयाकमा टीभीएस अपाचे बाइक कुदाउन पाउने छन् ।