काठमाडौंमा सामाचकेवाको रौनक |

काठमाडौं । तराई क्षेत्रमा थारु समुदायले धुमधामका साथ समाचकेवा पर्व मनाएका छन् । यसैक्रममा राजधानीमा बसोबास गर्दै आएका थारु समुदायले पनि धुमधामका साथ सामाचकेवा पर्व मनाएका छन् ।

राजधानीको माइतीघरमा भेला भएका थारु समूदायले यो पर्व मनाएका हुन् । थारु समुदायका दिदी–बहिनीहरुले दाजु भाइको दीर्घायूको कामना गर्दै समाचकेवा पर्व मनाउने पर्छन् । उनीहरुसँगै तराइमा बसोबास गर्ने अन्य समुदायले पनि दिदीभाइको पर्व समाचकेवालाई उत्साहका साथ मनाएका छन् ।

सबै जातजातिहरुको आ–आफ्नै किसिमका परम्परा र संस्कृतिहरु छन्। संस्कृति तथा सभ्यताका धनी मानिने आदिवासी थारुहरुको पनि आफ्नो अलगै किसिमको परम्परा र संस्कृतिहरु रहेको छ। जसमा ‘समा चकेवा’ पनि एक हो । यो पर्व कार्तिक द्वितिया तिथिदेखि प्रारम्भ भएर शुक्ल पक्ष पूर्णिमाको तिथिसम्मा मनाउने परम्परा रहिआएको छ ।

यसमा समा र चकेवाको प्रतिकको रुपमा राजकुमार ‘चक्रवाक’ र राजकुमारी ‘समा’ तथा अन्य सदस्यहरु जस्तै मिर्दङगिया, झाइलबाला, नटुवा, तितिर, झाँझी कुकुर, भमरा रञ्जित, सतभैया ईत्यादिलाई माटोले उनिहरुको आकृति बनाई डलामा राखेर घर आँगनमा गीत गाइ गाइ घुमाई खेल्ने गर्छन् । यो खास किसिमको व्रत, उपवास र चाँड पर्व होइन। यसलाई एउटा परम्परा, चलन तथा सखी बहैनपा सहित मनोरञ्जन माध्यमको रुपमा लिने गर्दछन् ।

यो परम्परा बिशुद्ध सामाजिक र परिवारिक जमधटको रुपमा रहेको छ।यो परम्परालाई भाई–बहिनी, श्रीमान्श्री–मती, आमा–वुवा र छोरा–छोरीको विचको आत्मियता सहितको स्नेहपूर्ण पारिवारिक सम्बन्ध मजबुत बनाउने परम्पराको रुपमा पनि लिने गरेको छ ।

