सिभिल बैंकले घोषणा गर्यो ६.५७ प्रतिशत नगद लाभांस |
काठमाडौं । सिभिल बैंकले गत आर्थिक वर्षको नाफाबाट ६.५७ प्रतिशत नगद लाभांस घोषणा गरेको छ । बाणिज्य बैंकहरुमध्ये सबैभन्दा कम नाफा गर्ने सिभिल बैंकले नगद लाभांसलाई प्राथमिकता दिएको हो ।
बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट ५२ करोड ५८ लाख रुपैयाँ नगद लाभांस वितरण गर्ने प्रस्ताव गरेको हो । सञ्चालक समितिले प्रस्ताव गरेको लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाएपछि साधारणसभामा प्रस्ताव लैजानेछ ।
बैंकले गत वर्षको भन्दा लाभांस दर थोरैले बढाएको छ । गत वर्ष ४.०५ प्रतिशत नगद लाभांस दिएको थियो ।
गत आर्थिक वर्षमा बैंकले ७६ करोड चार लाख रुपैयाँ नाफा गरेको थियो । जसमा लाभांस बाड्न योग्य नाफा ५५ करोड ६९ लाख रुपैयाँ छ ।