चौधरी फाउण्डेसनद्वारा प्रदेश ५ बाट कुपोषण विरूद्ध राष्ट्रिय अभियान शुरू |
काठमाडौं । बालबालिकामा विद्यमान कुपोषण र गरिवी विरूद्धको राष्ट्रिय अभियान शुरू भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार यो अभियान शुभारम्भ गरिन् ।
कार्यक्रममा राष्ट्रपति भण्डारीले कुपोषण विरुद्ध सरकारको लक्ष्य हासिल गर्नका लागि सहयोग गर्न प्रदेश सरकार र स्थानीय तहलाई गरिन् । संविधानले प्रत्येक बालबालिकालाई शिक्षा, स्वास्थ्य, पोषणको अधिकार दिएको स्मरण गर्दै राष्ट्रपति भण्डारीले बालबालिकाको सर्वा्ङ्गिण विकासका लागि शुपोषित हुनु आवश्यक रहेको बताईन् ।
यो अभियानलाई अगाडि बढाउन गैर नाफामूलक बलियो नेपाल नामक संस्था स्थापना गरिएको छ । नेपालमा आआफ्नो क्षेत्रमा पुर्याएको योगदानका कारण ख्याती कमाएका व्यक्तित्वहरू संस्थाको बोर्डमा छन्। राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. स्वर्णिम वाग्ले अध्यक्ष रहेको बोर्डमा नेपाल उद्योग परिसंघका उपाध्यक्ष निर्वाण चौधरी, क्रिकेटर पारस खड्का, नविल बैंकका सिईओ अनिल शाह र पोषणविद् डा. उमा कोईराला छन् । चौधरी ग्रुप एवं चौधरी फाउण्डेसनका अध्यक्ष विनोद चौधरीको पहलमा यो अभियान नेपालमा कार्यान्वयनमा आएको हो । अध्यक्ष्ँ चौधरीले विल एण्ड मेलिन्दा गेट्स फाउन्डेसनस“ग चौधरी ग्रुपले सहकार्य गर्ने गरि कार्यक्रम ल्याएका हुन् ।
‘हाम्रा बालबालिकाहरू देशका भविष्य हुन् । उनीहरूलाई भौतिक र मानसिक रूपमा बलियो बन्ने वातावरण बनाउनु हाम्रो अहिलेको जिम्मेवारी हो’,अध्यक्ष चौधरीले भने, ‘हाम्रा बालबालिका कुपोषणको शिकार भईरहेका छन्। उनीहरूलाई कुपोषणबाट बाहिर निकाल्न एउटा वृहत अभियानको खाँचो छ । यहि उदेश्यका साथ चौधरी फाउण्डेसनले विल एण्ड मेलिन्दा गेट्स फाउण्डेसनसँग सहकार्य अगाडि बढाएको हौं ।’
पहिलो चरणमा यो अभियान प्रदेश नम्बर ५ मा लागू गरिएको छ। प्रदेश नम्बर ५ का मुख्यमन्त्रीशंकर पोखरेलले अभियानका लागिआफ्नो प्रदेश छानिएकोमा खुसी व्यक्त गर्दै यसको सफल कार्यान्वयनका लागि प्रदेश सरकारले पूर्ण रूपमा सहयोग गर्ने प्रतिवद्धता गरे ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्प कँडेलले कुपोषण विरूद्धको अभियानमा निजी क्षेत्रको संलग्नतालाई स्वागत गर्दै यसबाट भविष्यमा अपेक्षित नतिजा प्राप्त हुने विश्वास व्यक्त गरे । सिएनआईका उपाध्यक्ष चौधरीले अभियान अगाडि बढाउन विगतदुई बर्षदेखि गरिएका पहलहरूको बारेमा जानकारी दिए ।
‘हाम्रा बालबालिकाप्रति समर्पित अभियान शुरू भएको छ । यसलाई सफल बनाएर हामीले विश्वमा नयाँ उदाहरण प्रस्तुत गर्नु परेको छ’ चौधरीले भने । यो अभियानमा सीजीका उत्पादनहरू प्रवर्धन गर्न लागिएको भन्ने टिप्पणीप्रति लक्षितगर्दै सीजीका प्रवन्धनिर्देशक समेत समेत रहेका चौधरीले भने– ‘यस अभियानमार्फत् सीजीका उत्पादनहरूको प्रवर्धन गर्न लागिएको भन्ने एकाध टिप्पणीप्रति प्रतिक्रिया जनाउन हामीले आवश्यक ठानेका छैनौ“ । हाम्रो विश्वब्यापी ब्राण्ड वाईवाई नेपालसहित एसिया, मध्यपूर्व, यूरोप, अमेरिका र अफ्रिकासम्म पनि विश्वब्यापी गुणस्तरमाप्रतिस्पर्धा गर्दै ती बजारहरूमा विस्तार भईरहेको छ। यस बारेमा सामान्य जानकारी राख्नेहरूले यस्तो टिप्पणी गर्दैनन् भन्ने हामीलाई राम्रोसँग थाहा छ। बलियो नेपाल हाम्रा बालबालिकामा समर्पित छ। यस अभियानमा सहकार्य गर्न म सरकार र नेपालको निजी क्षेत्रलाई आव्हान गर्दछु ।’
बलियो नेपालका अध्यक्ष डा. वाग्लेले यस अभियानको शुरूवात ६ महिनादेखि २३ महिनासम्मका बालबालिकामा देखिने कुपोषणको जोखिम न्युन गर्नेमा लक्षित रहने बताए ।