‘हाउसफुल ४’ कमाई सय करोड नाघ्यो |

काठमाडौं । अक्षय कुमार स्टारर ‘हाउसफुल ४’ ले ५ दिनमा सय करोड भारूको आँकडा पार गरेको छ ।
रिलिजको पहिलो दिन १८.५० करोड भारूको कमाएको थियो । सिनेमाले दोश्रो दिन १८ करोड, तेश्रो दिन १४.२५ करोड र चौथो दिन ३४.२५ करोड भारू कमाइ गरेको सिनेममाले पाँचौ दिन मंगलबार २४ करोडको कमाइ गर्दै सय करोड भारूको आँकडा पार गरेको हो ।
सिनेमाले पाँच दिनकोअवधिमा कुल १०९ करोड भारू कमाइ गरेको छ ।
सिनेमा २५ अक्टुबरमा रिलिज भएको थियो। सिनेमामा अक्षयका अलावा कृति सेनन, रितेश देशमुख, कृति खरबन्दा, बबी देवलको प्रमुख भूमिका रहेको छ ।