अमिताभ र आयुष्मानको ‘गुलाबो सिताबो’ फ्रेबुअरीमा रिलिज हुँदै |

यतिबेला बलिउडमा लोभलाग्दो कथा छनोट गरेर नायक आयुष्मान खुराना छाएका छन् । एकपछि अर्को चलचित्रमा उनले गरेको भूमिकाको प्रशंसा हुने गरेको छ । दर्शकले पनि उनको चलचित्रलाई रुचाएका छन् ।
उनै, आयुष्मान अभिनित नयाँ चलचित्र ‘गुलाबो सिताबो’को प्रदर्शन मिति तय गरिएको छ । यो चलचित्र सन् २०२० को फ्रेबुअरी २८ मा रिलिज हुने भएको हो । चलचित्रमा आयुष्मानले बलिउडका चर्चित नायक अमिताभ बच्चनसँग पर्दा शेयर गरेका छन् । अमिताभ र आयुष्मानको गेटअपले पनि चलचित्रप्रतिको कौतुहलता जगाएको छ ।
सुजित सरकारको निर्देशनमा तयार भएको यो चलचित्रले अमिताभ र आयुष्मानविचको प्रेम र घृणाको कथालाई उठान गरेको छ । चलचित्रमा अमिताभको लुक्स सार्वजनिक भएपछि यसले चर्चा पाएको थियो ।