कपिलवस्तु जिल्लाको कृष्णनगर तनावग्रस्त, अनिश्चितकालीन कफ्र्यु जारी |

काठमाडौैं । कपिलवस्तुको कृष्णनगर तनावग्रस्त बनेको छ । लक्ष्मी पूजाको मूर्ति विसर्जनका क्रममा शुरु भएको विवादले ठूलो रुप लिएपछि त्यस क्षेत्र तनावग्रस्त बनेको हो ।
स्थिति नियन्त्रणका क्रममा प्रहरी र स्थानीय समुदायबीच झडप भएको छ । झडपमा केही प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी दीप शमशेर राणाले बताए ।
बुधबार साँझदेखि शुरु भएको विवादले बिहीबार विहान झनै ठूलो रुपम लिएपछि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले अनिश्चितकालका लागि कफ्र्यु जारी गरेको छ ।
मूर्ति विसर्जन गर्ने क्रमममा रुटको विषयलाई लिएर स्थानीय दुई समुदायबीच विवाद भएको थियो ।
विवाद मिलाउन खोज्दा प्रहरीमाथि नै जाइलागेपछि स्थिति थप तनावग्रस्त बनेको हो ।