हिमालय एयरलाइन्सको आजबाट चीनमा सिधा उडान |
काठमाडौं । हिमालय एयरलाइन्सले चीन उडानको नयाँ तालिका सार्वजनिक गरेको छ। कम्पनीले सातामा एउटा चीन उडान भर्ने छ ।
एयरलाइन्स्ले बेइजिङका लागि कात्तिक १० गते आफ्नो पहिलो उडान सार्वजनिक गरेको छ । उडान सुरुवातसँगै दुई देशका दुई राजधानीबीच ऐतिहासिक सिधा सञ्जाल स्थापना भएको विज्ञप्तिमा उल्लेख छ ।
सिधा उडानले पर्यटक संख्या र यसबाट हुने आम्दानी मात्र नबढाएर दुई देशबीचको महत्वपूर्ण व्यापार सम्झौताहरुलाई पनि प्रवद्र्धन गर्ने बताइएको छ ।
¥याडिसन एयरपोर्ट रेस्टुरेन्टमा आयोजित पूर्व–उडान उद्घाटन उडानको केक काट्ने कार्यक्रममा संस्कृति, पर्यटन तथा उडड्यन मन्त्री योगेश भट्टराई, चिनियाँ राजदूत मतीहोउ याङ ची र सचिव केदार बाहादुर अधिकारी लगायत क्यान, पर्यटन बोर्ड, त्रिभुवन विमानस्थल कार्यालयका उच्चअधिकारीहरुको उपस्थिति थियो ।