हिमचितुवा संरक्षण लाई उच्च प्राथमिकतामा राखेका छौं ː मन्त्री बस्नेत |
काठमाडौं । वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले हिम चितुवा संरक्षणलाई नेपालले उच्च प्राथमिकता दिएको बताएका छन् । भारतको नयाँदल्लिीमा जारी ‘ग्लोबल स्नो लियोपार्ड एण्ड इकोसिस्टम प्रोटेक्सन (एिसएलपी) को चौथो स्थायी समिति बैठकमा मन्त्री बस्नेतले हिमचितुवा संरक्षणका लागि बासस्थान र आहारको अभाव रहेको बताए । मानव वन्यजन्तु द्वन्द्वका कारण हिमचितुवा जोगाउनु चुनौती बनेको बताए ।
सरकार एक्लैको प्रयासले हिमचितुवा जोगाउ सार्थक नहुने बस्नेतले बताए । मन्त्री बस्नेतले हिमचितुवा संरक्षण र त्यस प्रजातिबारे अनुसन्धानका लागि नेपाल सरकारले हिमालयन अनुसन्धान केन्द्र स्थापनाको तयारी गरिरहेको जानकारी दिए । नेपालले हाल हिमचितुवा संरक्षण गर्न १२ वटा संरक्षण क्षेत्रसमेत घोषणा गरेको छ ।
नेपालले स्थानीय समुदायका अतिरिक्त संरक्षणमा सक्रिय निजी क्षेत्र तथा राष्ट्रिय÷अन्तरराष्ट्रिय समुदायसँगको सहकार्यलाई अझै फराकिलो पार्न चाहेको मन्त्री बस्नेतले स्पष्ट गरे । उनले हिमचितुवाका अंगको अवैध निकासी रोक्न क्षेत्रीय संयन्त्र निर्माण गरिनुपर्ने प्रस्ताव राखे ।
मन्त्री बस्नेतले हिम चितुवासहित वन्यजन्तुबाट मारिएकाका परिवारलाई तत्काल राहत र क्षतिपूर्तिको व्यवस्था नेपालले गरेको उल्लेख गरे । नेपालले हिमचितुवाको शिकार, अवैध निकासी तथा अंगहरुको व्यापारमा कडाई गरेका बस्नेतले उल्लेख गरे । नेपाललले आगामी सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको बताए ।
बैठकमा हिमचितुवा पाइने मुलुकहरु नेपालसहित चीन, भारत, पाकिस्तान, भुटान, अफगानिस्तान, काजकिस्तान, किर्गिस्तान, उज्वेकिस्तान मंगोलिया र रुस लगायत देशका प्रतिनिधि सहभागी छन् । नेपालको पूर्वमा कञ्चनजंघा संरक्षण पाँच सयभन्दा बढी छ ।